८ भाद्र २०८३, सोमबार | Mon Aug 24 2026

प्रचण्डविरुद्ध डा. भट्टराईको श्रृङ्खलाबद्ध आक्रोश



झापा-पूर्व प्रधानमन्त्री डा. बाबुराम भट्टराईले प्रधानमन्त्री पुष्पकमल दाहालविरुद्ध तीव्र आक्रोश व्यक्त गरेका छन् । प्रधानमन्त्री दाहालविरुद्ध डाक्टर भट्टराईका श्रृंखलाबद्ध अभिव्यक्ति सार्वजनिक भइरहेका हुन् ।

संसदमा बहुमत गुमाउँदा पनि प्रधानमन्त्री दाहालले राजीनामा नदिएकोप्रति डाक्टर भट्टराईको तीव्र आक्रोश छ । प्रचण्डको व्यवहारबाट आम जनता लज्जित भइसकेको टिप्पणी उनले गरेका छन् ।

सामाजिक सञ्जालमा आक्रोश पोख्दै डा. भट्टराईले भनेका छन्, ‘कुनैबेला २७५ मध्ये २६८ सांसदको साथ पाएको व्यक्ति अहिले ६१ मा झर्दा पनि लाजले मुख छोपेर बाटो लाग्नु सट्टा संसद फेस गर्ने ध्वाँस । के गर्नेलाई भन्दा देख्नेलाई लाज ।’

प्रकाशित मिति : २२ असार २०८१, शनिबार ००:००  ९ : २० बजे