२८ मंसिर २०८२, शनिबार | Sat Dec 13 2025

यी हुन् एमालेबाट मन्त्री बन्न लागेका सांसदहरू



झापा– नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली प्रधानमन्त्रीमा नियुक्त भए लगत्तै सरकारमा जाने मन्त्रीहरूका विषयमा चर्चा परिचर्चा सुरु भएको छ ।

एमाले नेताहरूका अनुसार प्रधानमन्त्री ओलीले आफूसँगै सबै मन्त्रीहरूको सपथ गर्ने तयारी गरेपछि सम्भावित नामहरूका विषयमा चर्चा परिचर्चा सुरु भएको हो ।

राष्ट्रपति कार्यालयमा सोमबार बिहान ११ बजे प्रधानमन्त्री ओलीले शपथ ग्रहण गर्ने कार्यक्रम छ । लगत्तै मन्त्रीहरूले पनि शपथ ग्रहण गर्नेछन् ।

मन्त्रालय भागबण्डामा नेपाली कांग्रेस र नेकपा एमालेबीच भएको सहमति अनुसार एमालेका तर्फबाट अर्थमन्त्रीमा विष्णु पौडेलको नाम सर्वाधिक चर्चामा छ ।

मन्त्री छान्ने जिम्मा अध्यक्ष ओलीलाई दिइएकाले टीम मिलाएर मन्त्रीहरू छनोट हुने अपेक्षा गरिएको छ । एमाले सांसदहरूका अनुसार उपमहासचिव पृथ्वी सुब्बा गुरुङ, सचिवहरू योगेश भट्टराई र छविलाल विश्वकर्मा मन्त्री बन्दैछन् ।

एमाले सचिवालय बैठकले योग्य र अनुभवीलाई मन्त्री बनाउने मापदण्ड बनाएकाले सिनियर नेताहरु मध्येबाट गुरुङ भट्टराई र विश्वकर्मा सम्भावित मन्त्रीको सूचीमा परेका हुन् ।

कास्कीबाट निर्वाचित विद्या भट्टराई पनि मन्त्री बन्ने लाइनमा रहेको एमाले स्रोतले जनाएको छ । सुदूरपश्चिम प्रदेशबाट दामोदर भण्डारी अथवा तारा लामामध्ये एकजना मन्त्री बन्नेछन् ।

प्रचण्ड नेतृत्वको सरकारमा कानुन मन्त्री रहेका पदम गिरी दोहोरिने सम्भावना पनि उत्तिकै रहेको एमाले सांसदहरु बताउँछन् ।

प्रकाशित मिति : ३० असार २०८१, आइतबार ००:००  ८ : १३ बजे