८ भाद्र २०८३, सोमबार | Mon Aug 24 2026

लक्ष्मी आधारभूत विद्यालयमा १० लाखको अक्षय कोष स्थापना



बिर्तामोड-झापाको बिर्तामोड-७ स्थित लक्ष्मी आधारभूत विद्यालयमा १० लाख रुपैयाँको अक्षय कोष स्थापना भएको छ । बिर्तामोड-१ निवासी विष्णुप्रसाद भेटवाल र अमरदीप भेटवालले विद्यालयमा अक्षय कोष स्थापना गरेका हुन् ।

विद्यालयमा आयोजित कार्यक्रमका बीच भेटवाल परिवारका तर्फबाट १० लाख रुपैयाँको चेक विद्यालय व्यवस्थापन समितिका अध्यक्ष मेदिनी न्यौपाने र प्रधानाध्यापक गेहनाथ लामिछानेलाई हस्तान्तरण गरिएको छ ।

कार्यक्रम वडाध्यक्ष अविरल कृष्ण खरेलको प्रमुख आतिथ्यमा भएको हो । कार्यक्रममा बोल्दै वडाध्यक्ष खरेलले भेटवाल परिवारको प्रशंसा गरेका छन् ।

प्रकाशित मिति : १७ मंसिर २०८१, सोमबार ००:००  ९ : ०८ बजे