२९ बैशाख २०८२, सोमबार | Tue May 13 2025

सहकारी प्रकरण : फरार मेयर नेपाली पक्राउ



काठमाडौँ-सहकारी ठगी प्रकरणका एकजना अरबीलाई प्रहरीले भारतको नयाँ दिल्लीबाट पक्राउ गरेको छ । बाग्लुङको ढोरपाटन नगरपालिकाका मेयर देवकुमार नेपाली पक्राउ परेका हुन् ।

मेयर नेपाली गतवर्षको जेठदेखि फरार रहेका थिए । उनलाई दिल्लीस्थित विमानस्थलबाट पक्राउ गरिएको प्रहरीले जनाएको छ । इन्टरपोलमार्फत रेड नोटिस जारी गरी नेपालीलाई पक्राउ गरिएको हो ।

नेपाल प्रहरीका निमित्त प्रमुख प्रहरी अतिरिक्त महानिरीक्षक टेकप्रसाद राईले मेयर नेपालीलाई इन्टरपोलको सहयोगबाट नेपाल झिकाउने प्रबन्ध भइरहेको जनाएका छन् ।

बाग्लुङ र पोखरामा रहेको इमेज सहकारीको बचत रकम अपचलन गरेको आरोप मेयर नेपालीमाथि छ । आरोप लागे लगत्तै प्रहरीले अनुसन्धान थाल्दा उनी फरार भएका थिए ।

प्रकाशित मिति : ११ आश्विन २०८१, शुक्रबार ००:००  ५ : ४२ बजे