झापा-बिर्तामोड स्टडी पार्क इलाम शाखाले एसईई परीक्षामा अनुर्तीण विद्यार्थीका लागि निःशुल्क कक्षा सञ्चालन गर्ने भएको छ । परीक्षार्थीको सुविधाका लागि स्टडी पार्कले कक्षा सञ्चालन गर्न लागेको निर्देशक सरोज पौडेलले बताए ।
झापाको बिर्तामोडमा मुख्य कार्यालय रहेको स्टडी पार्कले इलाममा रहेको शाखामा एसईईका विद्यार्थीलाई लक्षित गरेर कक्षा सञ्चालन गर्न लागेको इलाम शाखा प्रमुख दिलिप पौडेलले बताए ।
बिर्तामोड स्टडी पार्कले लामो समयदेखि विद्यार्थीको पढार्इको क्षेत्रमा रचनात्मक काम गर्दै भाषा प्रशिक्षण कक्षा सञ्चालन गर्दै आएको छ । स्टडी पार्कले विदेश पढ्न जान चाहने विद्यार्थीका लागि काउन्सिलिङ गर्ने गर्छ ।
इलाम बजार र फिक्कलमा आफ्नो शाखा विस्तार गरेको स्टडी पार्कले छोटो समयमा धेरै विद्यार्थीको मन जित्न सफल भएको निर्देशक पौडेलले बताए ।


















