झापा-गृहमन्त्री रमेश लेखकले सरकारमा सामेल भएका मन्त्री परिवर्तन गर्ने विषय तत्काल कार्यान्वयन नहुने बताएका छन् । प्रेस युनियन धनगढीले आयोजना गरेको पत्रकार सम्मेलनमा मन्त्री लेखकले तत्काल मन्त्री परिवर्तनको सम्भावना नरहेको बताएका हुन् ।
गृहमन्त्री लेखकले प्रधानमन्त्रीय पद्धतिमा प्रधानमन्त्रीले आवश्यकता अनुसार मन्त्री हेरफेर गर्नसक्ने बताउँदै त्यसका लागि कुनै पूर्व तयारी नभएको स्पष्ट पारे । दुई दलको सरकार भएका कारण दलीय सहमतिका आधारमा मन्त्रीहरू फेरबदल हुनलाई सामान्य रुपमा लिनुपर्ने उनको भनाइ छ ।
राजनीतिक स्थायित्वका लागि दुई दल बीचको सत्ता सहकार्य अगाडि बढेको स्पष्ट पार्दै नेपाली कांग्रेसका प्रभावशाली नेता समेत रहेका गृहमन्त्री लेखकले प्रधानमन्त्रीको चीन भ्रमणलाई सत्ता साझेदार दलमा कुनै खटपट नभएको बताए ।
सुरक्षा गोष्ठीमा सहभागी हुन धनगढी पुगेका गृहमन्त्री लेखकले नयाँ कार्ययोजनासहित शान्ति सुरक्षा कायम हुने गरी अगाडि बढ्न सुरक्षा प्रमुखहरुलाई निर्देशन पनि दिएका छन् ।


















