८ भाद्र २०८३, सोमबार | Mon Aug 24 2026

मेघालयमा घाँटी रेटेर चार जना नेपालीको हत्या




झापा-भारतको मेघालयमा रोजगारीका लागि गएकामध्ये चारजना नेपालीको घाँटी रेटेर हत्या भएको समाचार सार्वजनिक भएको छ । कोइलाखानीमा काम गर्न गएका चार जना मजदुरको हत्या भएको हो ।

मेघालय राज्यको सुतंगा जयन्तीया हिल्समा काम गर्न गएका नेपाली मजदूरको विभत्स हत्या भएको स्थानीय सञ्चारमाध्यम इस्ट मोजोले जनाएको छ । शवको अवस्था हेर्दा उनीहरुलाई पहिला बाँधेर त्यसपछि धारिलो हतियार हानिएको जस्तो देखिएको छ ।

मेघालयको राजधानी शिलोङबाट १३० किलोमिटर टाढा भएको उक्त घटनाका मृतक धरान र भोजपुरबाट काम गर्न गएकोहरु हुन् भनिएको छ । तर, पूर्ण विवरण खुलेको छैन् । मृतकमध्ये एकजना २३ वर्षीय रवि राई भएको स्थानीय प्रशासनले पुष्टि गरेको छ ।

नर्थ इस्ट लाइभ टीभीका अनुसार हत्या गरी फालिएको शव शनिबार फेला परेको हो । मारिने चारै जना नेपाली कोइला खानीका श्रमिक रहेको खुलेको छ ।

‘शनिबार बिहान कामदारहरूले शव फेला पारेको छ । हामी घटनाको अनुसन्धान गरिरहेका छौं,’ पूर्वी जयन्तिया हिल्सका एसपी गिरी प्रसादले भारतीय सञ्चारमाध्यमहरूसँग भनेका छन् ।

प्रकाशित मिति : २३ असार २०८१, आइतबार ००:००  ७ : २१ बजे