सतासीधाम-खुद्रा बचत तथा ऋण सहकारी संस्थाले १३ जना शेयर सदस्यलाई सम्मान गरेको छ । १८ औँ वार्षिक साधारण सभाका अवसरमा संस्थाले सम्मान गरेको हो ।
साधारण सभामा जेष्ठ सदस्यहरू छविलाल पाठक, डिगबहादुर बुढाथोकी, रञ्जनादेवी जवेगु र डम्बरकुमारी ढकाल सम्मानित भएका हुन् । असल बचतकर्तातर्फ भीमबहादुर थाम्सुहाङ रुद्र बजगाईं सम्मानित भएका छन् ।
संस्थाले असल ऋणीतर्फ मनिकुमारी नेम्बाङ र खगेन्द्र उप्रेतीलाई सम्मान गरेको संस्थाका अध्यक्ष नारायणप्रसाद बजगाईले बताए । कार्यक्रममा माध्यमिक शिक्षा परीक्षामा उत्कृष्ट अङ्क प्राप्त गर्ने चार जनालाई सम्मान गरिएको छ ।
कोशी प्रदेश सहकारी बचत संघकी वरिष्ठ उपाध्यक्ष चन्द्रा खड्काको प्रमुख आतिथ्यमा कार्यक्रम भएको हो । संस्थाका अध्यक्ष बजगाईले कोरोना संक्रमणपछि संस्थामा प्रतिकुल असर परेको बताए ।