८ भाद्र २०८३, सोमबार | Mon Aug 24 2026

लाइसेन्स प्राप्त हतियार पनि सरकारी कार्यालयमा लैजान नपाइने



काठमाडौँ-लाइसेन्स प्राप्त भएपनि सरकारी कार्यालयमा हतियार लैजान नपाइने भएको छ । राजपत्रमा सूचना प्रकाशित गर्दै सरकारले लाइसेन्स प्राप्त हतियार सरकारी कार्यालयमा लैजान निषेध गरेको हो ।

यात्रा अनुमति नलिएका हतियार घर बाहिर लैजान नमिल्ने राजपत्रमा उल्लेख छ । अनुमति प्राप्त हतियारको दुरुपयोग बढेको सन्दर्भमा चौतर्फी गुनासो आइरहेका बेला सरकारले यस्तो व्यवस्था गरेको हो ।

यात्रा अनुमति लिएका हतियार न्यायिक निकाय, संसद भवन, अस्पताल, विमानस्थल, सार्वजनिक सवारी साधन, शैक्षिक स्थल, सिनेमा हल, व्यावसायिक भवन, हाटबजार तथा सपिङ मलमा लैजान नपाउने व्यवस्था गरिएको छ ।

प्रकाशित मिति : १ आश्विन २०८१, मंगलबार ००:००  ८ : ०६ बजे