१० जेष्ठ २०८२, शुक्रबार | Fri May 23 2025

राष्ट्रिय स्वतन्त्र पार्टीको झापा जिल्ला सभापतिमा खरेल



बिर्तामोड-राष्ट्रिय स्वतन्त्र पार्टीले झापा जिल्ला समितिलाई पूर्णता दिएको छ । आइतबार बिर्तामोडमा आयोजित दोस्रो जिल्ला भेलामार्फत समितिलाई पूर्णता दिइएको हो ।

पार्टीका नेता कार्यकर्ताको भेलाले उमेश खरेल सभापति रहने गरी राष्ट्रिय स्वतन्त्र पार्टीको झापा जिल्ला कार्यसमिति पुनर्गठन गरेको छ । उपसभापतिमा प्रकाश पाठक छन् ।

सचिवमा शम्भु सुस्केरा ढकाल र सहसचिव भीमबहादुर कुँवर सर्वसम्मत चयन भएका छन् । महिला सदस्यमा सीता बिक, लीला खड्का र कमला पोखरेल चयन भएका छन् ।

पुरुष सदस्यहरूमा पुष्पराज ढकाल र नरेन्द्र शिवाकोटी चुनिएका छन् । सभापतिले एकजना पुरुष र एकजना महिला सदस्य मनोनयन गर्न पाउने व्यवस्था छ ।

बिर्तामोडमा आयोजित भेलामा पार्टीका प्रमुख सचेतक सन्तोष परियार, सचेतक निशा डाँगी, सहप्रवक्ता रमेश प्रसाई, केन्द्रीय सदस्य ज्वाला संग्रौला लगायतको सहभागिता रहेको थियो ।

प्रकाशित मिति : ८ पुस २०८१, सोमबार ००:००  ८ : ४८ बजे