८ भाद्र २०८३, सोमबार | Mon Aug 24 2026

काङ्ग्रेसले सुरु गर्‍यो १०० दिने संगठन सुदृढीकरण अभियान



झापा-नेपाली कांग्रेसले जिल्ला जिल्लामा १०० दिने अभियान सुरु गरेको छ । संगठन सुदृढीकरणका लागि कांग्रेसले जिल्ला तहमा अभियान सञ्चालन गरेको हो ।

कार्यादेशसहित अभियान सञ्चालनका लागि जिल्ला तहमा नेताहरूलाई परिचालन गरिएको कांग्रेसका मुख्य सचिव कृष्णप्रसाद पौडेलले बताए । अभियान सञ्चालनका लागि ६६ जिल्लामा प्रतिनिधि तोकिएको छ ।

बाँकी जिल्लामा प्रतिनिधि तोक्न बाँकी रहेको सचिव पौडेलले जानकारी दिए । असोज ७ गतेदेखि पुष १६ गतेसम्मका लागि आन्तरिक पार्टी संरचनामा काम गर्न नेताहरूलाई कांग्रेसको निर्देशन छ ।

अभियान सञ्चालनका लागि जिल्ला तहमा परिचालन हुने नेता कार्यकर्तालाई असोज २ गते कांग्रेसले प्रशिक्षण दिएको थियो । अभियान सकेर फर्किँदा जिल्ला तहमा तोकिएका प्रतिनिधिले संगठनको वस्तुगत अवस्थाबारे प्रतिवेदन बुझाउनुपर्ने मुख्य सचिव पौडेलले बताए ।

प्रकाशित मिति : ८ आश्विन २०८१, मंगलबार ००:००  १० : ४१ बजे