पर्सा-सहकारीको रकम अब चलन गरेको अभियोगमा पर्सा प्रहरीले राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेसहित तीन जनालाई पक्राउ गर्न अदालतसँग अनुमति मागेको छ ।
बीरगञ्जको आदर्श नगरस्थित सानो पाइला बचत तथा ऋण सहकारी संस्थाको रकम गोरखा मिडियामा गएको जनाउँदै प्रहरीले अदालतसँग लामिछानेसहित तीन जनालाई पक्राउ गर्न अनुमति मागेको हो ।
पूर्व गृहमन्त्री समेत रहेका लामिछाने, छविलाल जोशी र जीवि राई विरुद्ध अनुसन्धानका लागि पक्राउ अनुमति माग गरिएको जिल्ला प्रहरी कार्यालयका एसपी कुमोद ढुंगेलले बताए ।