झापा-नेपालमा विद्युतीय सवारी साधनको आयात बढ्दै गएको छ । भन्सार विभागका अनुसार पछिल्लो चार महिनामा मात्रै ३४०० भन्दाबढी विद्युतीय गाडी नेपाल भित्रिएका छन् ।
चार महिनामा ८ अर्ब ३७ करोड ९ लाख ५२ हजार बराबरका गाडी नेपाल भित्रिएको विभागले जनाएको छ । यसबाट सरकारले ५ अर्ब १९ करोड २० लाख राजस्व उठाएको छ ।
गत आर्थिक वर्षको चार महिनामा ६ अर्ब ८३ करोड २७ लाख ५० हजार बराबरका विद्युतीय गाडी नेपाल भित्रिएका थिए ।

















