२ असार २०८२, सोमबार | Tue Jun 17 2025

माघ ८ देखि बिर्तामोड अन्तर्राष्ट्रिय औद्योगिक व्यापार महाेत्सव



बिर्तामोड– झापाको बिर्तामोडमा माघ ८ देखि १९ गतेसम्म बिर्तामोड अन्तर्राष्ट्रिय औद्योगिक व्यापार महाेत्सव हुने भएको छ । बिर्तामोड उद्योग वाणिज्य संघको आयोजनामा महाेत्सव हुन लागेको हो ।

संघले बिहीबार पत्रकार सम्मेलन गरी महाेत्सवकाे तयारीबारे जानकारी गराएको छ । व्यवसायिक क्षेत्रकाे विकास र प्रवर्द्धनका लागि महाेत्सव आयोजना गरिएको संघका अध्यक्ष राजु न्याैपानेले बताए ।

महाेत्सवकाे तयारी तथा व्यवस्थापनका लागि संघले उपाध्यक्ष विशाल थापाको संयोजकत्वमा समिति गठन गरेको छ । संयोजक थापा महोत्सवमा नेपालसहित भारत, बङ्गलादेश र पाकिस्तानका व्यवसायीको जमघट हुने बताउँछन् ।

महोत्सवमा प्रदर्शनी तथा बिक्री कक्ष, सांस्कृतिक तथा सांगीतिक क्षेत्र, बाल उद्यान तथा मनोरञ्जन क्षेत्र र खानपान क्षेत्र रहनेछन् ।

सङ्घका कोषाध्यक्ष युवराज निरौलाका अनुसार बिर्तामोड ५ धर्मकाँटा रोड उत्तर मङ्गल एकता टोलको खाली जमिनमा महोत्सव आयोजना गर्न लागिएको हो ।

नेपाल उद्योग वाणिज्य महासङ्घका केन्द्रीय सदस्य उमेश डालमियाले निजी क्षेत्रबाहेक अरुलाई महोत्सव आयोजना गर्न रोक लगाउनुपर्ने बताए । पत्रकार सम्मेलनमा नेपाल अलैँची व्यवसायी महासंघका केन्द्रीय अध्यक्ष निर्मल भट्टराई लगायतको आतिथ्य रहेको थियो ।

प्रकाशित मिति : १८ पुस २०८१, बिहिबार ००:००  १ : ५६ बजे