११ जेष्ठ २०८२, शनिबार | Sat May 24 2025

जिल्ला शिक्षा कार्यालय हटाउनुपर्छ : महामन्त्री थापा



काठमाडौँ-नेपाली कांग्रेसका महामन्त्री गगन थापाले जिल्ला शिक्षा कार्यालय रहने व्यवस्था हटाउन माग गरेका छन् । महामन्त्री थापाले जिल्ला शिक्षा कार्यालयलाई संविधानले नै नचिन्ने बताए ।

शिक्षा विधेयकमा जिल्ला शिक्षा कार्यालय रहने प्रस्तावित व्यवस्था राखिएको छ । त्यसप्रति कांग्रेस महामन्त्री थापाले पूर्णरुपमा असहमति व्यक्त गरेका हुन् ।

शिक्षा स्वास्थ्य तथा सूचना प्रविधि समितिले विद्यालय शिक्षा विधेयक २०८० का विषयमा छलफल गरिरहेको छ । त्यसमा परेका संशोधनबारे छलफल चलिरहँदा महामन्त्री थापाको यस्तो धारणा आएको हो ।

प्रकाशित मिति : १९ भाद्र २०८१, बुधबार ००:००  ८ : ३३ बजे