८ भाद्र २०८३, सोमबार | Mon Aug 24 2026

६ हजार नाघ्यो डेङ्गु संक्रमितको सङ्ख्या



झापा-डेङ्गु संक्रमितको सङ्ख्या थपिदै गएको छ । देशभर सङ्क्रमितको सङ्ख्या ६ हजार नाघेको इपिडिमियोलोजी तथा सरुवा रोग नियन्त्रण महाशाखाले जनाएको छ।

महाशाखाका अनुसार ६,३४७ जनामा संक्रमण देखिएको हाे । डेङ्गु संक्रमणबाट तीन जनाको मृत्यु भइसकेको छ । सबैभन्दा बढी प्रभावित गण्डकी प्रदेश छ ।

कोशी प्रदेशमा ७९१ जनामा संक्रमण देखिएको महाशाखाले जनाएको हो ।

प्रकाशित मिति : १५ भाद्र २०८१, शनिबार ००:००  ९ : ४१ बजे