८ भाद्र २०८३, सोमबार | Mon Aug 24 2026

मोरङमा करेन्ट लागेर बालकको मृत्यु



मोरङ-करेन्ट लागेर मोरङको जहदा गाउँपालिका ५ मा १५ वर्षीय बालकको मृत्यु भएको छ । मल्टिप्लकमा तार जोड्ने क्रममा बालकलाई करेन्ट लागेको थियो ।

स्थानीय देवानन्द महताेका छोरा भरत महताेकाे करेन्ट लागेर मृत्यु भएको जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ । गोल्डेन अस्पतालमा उपचारका क्रममा उनले ज्यान गुमाएका हुन् ।

अस्पताल पुर्‍याउनासाथ चिकित्सकले महताेलाई मृत घोषणा गरेका थिए । घटनाबारे अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति : २३ श्रावण २०८१, बुधबार ००:००  १२ : ४४ बजे