बिर्तामोड- इलामको फाकफोकथुममा करेन्ट लागेर एक जनाको मृत्यु भएको छ । फाकफोकथुम गाउँपालिका-६ मेतालुङ पोखरी बस्ने ६६ वर्षीय कुलबहादुर विकको करेन्ट लागेर मंगलबार दिउँसो मृत्यु भएको हो ।
घरबाट सोही ठाउँस्थित फुस्रे गाउँतर्फ जाँदै गरेको अवस्थामा बाटोमा लत्रिएको विद्युतको तारबाट करेन्ट लागेर उनको मृत्यु भएको प्रहरीले जनाएको हो ।