५ असार २०८३, शुक्रबार | Fri Jun 19 2026

८२५ जना शिक्षकले त्यागे राजनीतिक दलको सदस्यता



झापा-सरकारको निर्देशन बमोजिम ८२५ जना शिक्षकले राजनीतिक दलको सदस्यता त्याग गरेका छन् । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले दिएको निर्देशन बमोजिम ती शिक्षकले राजनीतिक आबद्धता त्याग गरेका हुन् ।

शिक्षामा बढ्दै गएको दलीयकरणले अपेक्षाकृत उपलब्धि हासिल हुन नसकेको जनाउँदै शिक्षामन्त्री सुमना श्रेष्ठले शिक्षकहरुलाई राजनीतिक दलको सदस्यता त्याग गर्न निर्देशन दिएकी थिइन् ।

मन्त्री श्रेष्ठको निर्देशनपछि शिक्षकहरूले धमाधम सदस्यता त्याग गरिरहेका छन् । मन्त्री श्रेष्ठले मङ्गलबार आयोजित पत्रकार सम्मेलनमा हालसम्म ८२५ जना शिक्षकले राजनीतिक दलको सदस्यता त्यागेको बताइन् ।

प्रकाशित मिति : ४ असार २०८१, मंगलबार ००:००  ९ : ४९ बजे