६ फाल्गुन २०८२, बुधबार | Wed Feb 18 2026

केयर गिभरका लागि इजरायल जानेहरूको छानबिन अझै अन्योलमा।



झापा-केयर गिभरका लागि परेका आवेदन माथिको छानबिन प्रक्रिया अन्योलमा परेको छ । श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले इजरायलमा रोजगारीमा जानेहरूको आवेदन छानबिनमा ढिलाई गरेको हो ।

आवेदन दिएकामध्ये ५६३ जनासँग नक्कली कागजात रहेको खुलेपछि सुरु भएको छानबिन प्रक्रिया अझै टुंगोमा पुग्न सकेको छैन । कतिपयले तालिम नै नलिई तीन महिने केयर गिभरको प्रमाणपत्र पेश गरेपछि घटना बाहिर आएको थियो ।

इजरायलमा केयर गिभरका लागि आवेदन दिएका सबैलाई छानबिन गर्न श्रम मन्त्रालयका उपसचिव मेघनाथ रिमालको संयोजकत्वमा पाँच सदस्य समिति गठन भएको थियो ।

प्रकाशित मिति : ८ आश्विन २०८१, मंगलबार ००:००  ११ : १४ बजे