काठमाडौँ-नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले सरकारका काम कारबाहीलाई थप प्रभावकारी, सुदृढ र व्यवस्थित बनाउँदै लगिने बताएका छन् ।
प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र गृहमन्त्री रवि लामिछानेसँग बिहिबार सिंहदरबारमा भएको छलफलपछि एमाले अध्यक्ष ओलीले यस्तो प्रतिक्रिया दिएका हुन् ।
समसामयिक राजनीति र आगामी आर्थिक वर्षको बजेटका विषयमा सत्तारुढ दलका नेताहरूबीच छेडखानी चलिरहेका बेला प्रधानमन्त्री दाहाल, गृहमन्त्री लामिछाने र अध्यक्ष ओलीबीच छलफल भएको हो ।
छलफलपछि सञ्चारकर्मीसँग एमाले अध्यक्ष ओलीले वर्तमान सरकारलाई सुदृढ ढङ्गले चुनावसम्म लाने र चुनावपछि पनि यसैलाई कायम राख्ने विषयमा छलफल भएको बताए ।
सत्तारुढ दलका यी तीन नेताको बैठकमा राजदूतको भागबण्डा लगायतका विषयमा समेत छलफल भएको थियो । छलफलका क्रममा राजदूत भागबण्डाको विषय लगभग टुङ्गिएको छ ।