१० जेष्ठ २०८२, शुक्रबार | Fri May 23 2025

बोक्सी अन्धविश्वासविरुद्ध चलचित्र अग्निदहन : मङ्सिर ७ गतेदेखि देशैभर प्रदर्शन



बिर्तामोड नेपाली चलचित्र अग्निदहन मङ्सिर ७ गतेदेखि देशभरका सिनेमा हलमा प्रदर्शन हुने भएको छ । निर्माण पक्षले बिहीबार झापाको बिर्तामोडमा पत्रकार सम्मेलन गरी देशव्यापी रुपमा चलचित्र प्रदर्शन हुन लागेको जनाएको हो

चलचित्रका निर्देशक घनश्याम लामिछानेले उपन्यास अग्निदहनमा आधारित रहेर यो चलचित्र तयार पारिएको हो । राष्ट्रिय जागरण प्रतिष्ठानकाे अग्रसरतामा चलचित्र पाँच वर्ष अगाडि निर्माण भएको थियो ।

चलचित्रको विशिष्ट संरक्षकमा भुवनेश्वर शर्मा पौडेल र मोहनराज पौडेल रहेका छन् ‌। समाजमा व्याप्त रहेको बोक्सी अन्धविश्वासको सेरोफेरोमा फिल्म केन्द्रित रहेको निर्देशक लामिछाने बताए ।

मान्छे कोही पनि बोक्सी हुँदैन भन्ने सोचलाई देशव्यापी अभियानको रुपमा अगाडि बढाउँदै चलचित्र प्रदर्शन गर्न लागिएको चलचित्र निर्माता मोहनराज पौडेलले बताए ।

यो चलचित्र निवर्तमान राष्ट्रपति विद्यादेवी भण्डारी प्रधानमन्त्री केपी शर्मा ओली, पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड लगायतले हेरिसकेका छन् । यो चलचित्रलाई चलचित्र विकास बोर्डले विशेष चलचित्र एवार्ड प्रदान गरेको थियो ।

चलचित्रमा कलाकार प्रकाश घिमिरे समाजसेवीको भूमिकामा छन् । बोक्सी अन्धविश्वास हो भनिरहँदा समाजले धामी झाँक्री लगाउन भन्दै दिएको यातनालाई फिल्ममा देखाउन खोजिएको छ । यो चलचित्रलाई विभिन्न भाषामा डबिङ गर्न लागिएको निर्माता पौडेल बताउँछन् ।

चलचित्रमा प्रमिला तुलाचन, माहोत्से गुरुङ, अनुपमा भण्डारी तुलसी क्षेत्री, विष्णु बाँस्तोला, डाक्टर निर्मल लामिछाने र ताराबहादुर गुरुङ लगायतले अभिनय गरेका छन् ।

प्रकाशित मिति : २९ कार्तिक २०८१, बिहिबार ००:००  ९ : ११ बजे