बिर्तामोड-प्रधानमन्त्री केपी शर्मा ओलीले मङ्सिर पहिलो साता चीन भ्रमण गर्ने भएका छन् । प्रधानमन्त्री भएको तीन महिनापछि एमाले अध्यक्ष समेत रहेका ओलीले उत्तरी छिमेकी राष्ट्र चीन भ्रमण गर्न लागेका हुन् ।
प्रधानमन्त्री ओलीले मङ्सिर पहिलो साताभित्र चीन भ्रमण गर्ने परराष्ट्र मन्त्रालय स्रोतले जनाएको छ । प्रधानमन्त्री ओलीको भ्रमणका लागि मन्त्रालयले आन्तरिक गृहकार्य गरिरहेको छ ।
चीन भ्रमणमा जानुअघि परराष्ट्र मन्त्रालय र विकास योजनासँग सम्बन्धित विषयमा भएका प्रगति फलोअप गर्न प्रधानमन्त्री ओलीले सचिव र मन्त्रीलाई निर्देशन दिएको जनाइएको छ ।


















