दमक– झापाको कमल गाउँपालिका-२ मा चट्याङले लागेर मङ्गलबार बिहान एक जनाको मृत्यु भएको छ ।
मृत्यु हुनेमा वडा नम्बर २ समाइगढ निवासी ४६ वर्षीय राजन खड्का रहेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको हो ।
प्रहरीका अनुसार खड्का घरबाट निस्किएर खेतमा काम गर्न जाँदै थिए । त्यहीबेला खड्कालाई चट्याङ लागेको हो ।
चट्याङ लागे लगत्तै खड्कालाई उपचारका लागि दमकस्थित आम्दा अस्पताल लगिएको थियो ।
अस्पताल पुर्याए लगत्तै खड्काको मृत्यु भएको प्रहरीले जनाएको छ ।

















