३ जेष्ठ २०८२, शुक्रबार | Fri May 16 2025

कोशी प्रदेश : सवारी दुर्घटनामा १९१ जनाको मृत्यु



झापा-कोशी प्रदेशमा चालु आर्थिक वर्षको पाँच महिनामा भएका सवारी दुर्घटनामा १९१ जनाको मृत्यु भएको छ । प्रहरीका अनुसार ३२७ जना गम्भीर घाइते भएका छन् ।

साउनदेखि मङ्सिर मसान्तसम्म प्रदेशभर ३ हजार ४ सय ९८ वटा सवारी दुर्घटनामा परेका छन् । ती दुर्घटनामा १९१ जनाको मृत्यु भएको हाे ।

राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालय इटहरीका अनुसार सबैभन्दा बढी मोटरसाइकल दुर्घटना हुँदा मानवीय क्षति बढेको छ ।

पूर्व पश्चिम राजमार्ग विस्तार भइरहेकाले ठाउँ ठाउँमा सवारी आवागमनका लागि डाइभर्सन बनाइएको छ । कतिपय ठाउँमा साँघुरो डाइभर्सन हुँदा दुर्घटना हुने गरेको छ ।

प्रकाशित मिति : १२ पुस २०८१, शुक्रबार ००:००  ९ : ०९ बजे