बिर्तामोड-झापाको अर्जुनधारामा पूजाको प्रसाद खाएर बिरामी परेकामध्ये केही बिरामीकाे दिसामा इन्टामिवा हिस्टोलाइटिका नाम कीटाणुको संक्रमण फेला परेको छ ।
शनिश्चरे अस्पतालका प्रमुख सन्तोष चिमरियाले त्यसको पुष्टि गर्दै परीक्षण गरिएका २५ जनामध्ये १० जनामा हिस्टोलाइटिका नामक कीटाणु फेला परेको बताए ।
थप १५ जनाको दिसाको कल्चर जाँच गर्न मेची प्रादेशिक अस्पताल भद्रपुर पठाइएको छ । काँचो कचिलो खानेकुरा र पानीका कारण इन्टामिवा हिस्टोलाइटिका कीटाणुको संक्रमण हुने गर्छ ।
अर्जुनधारा ९ स्थित रीता निरौलाको घरमा आयोजना गरिएको पूजामा प्रसाद खाएका ७३ जना स्थानीय एकै पटक बिरामी परेका थिए ।