३२ जेष्ठ २०८२, शनिबार | Sun Jun 15 2025

बंगलादेशकी प्रधानमन्त्री शेख हसिनाले देश छोडिन, सेनापतिले देशबासीका नाममा सम्वोधन गर्दै



झापा–बंगलादेशकी प्रधानमन्त्री शेख हसिनाले देश छाडेकी छिन् । विद्यार्थीहरूले आरक्षणको विरोधमा सुरु गरेको विरोध प्रदर्शन हिंसात्मक भएर एकैदिन १०० भन्दा धेरैको ज्यान गएपछि प्रधानमन्त्रीले देश छाडेकी हुन् ।

प्रदर्शनकारीहरूले हसिनाको राजीनामाको माग गरिरहेका थिए । बंगलादेशको प्रमुख अखबार प्रथम आलोका अनुसार शेख हसिना सोमबार दिउँसो २ः३० बजे बंगभवनबाट सैनिक हेलिकप्टरमा उडेकी हुन् ।

त्यतिबेला उनकी बहिनी शेख रेहाना उनीसँगै थिइन् । उनीहरु हेलिकप्टरबाट भारतको पश्चिम बंगालतर्फ प्रस्थान गरेको जनाइएको छ ।

विकसति घटनापछि बंगलादेशको अंग्रेजी भाषाको अखबार डेली स्टारका अनुसार सेनापति वाकर उज जमानले केहीवेरमा देशबासीका नाममा सम्बोधन गर्ने भएका छन् ।

प्रकाशित मिति : २१ श्रावण २०८१, सोमबार ००:००  ३ : ०९ बजे