दमक-पूर्वपश्चिम राजमार्ग अन्तर्गत झापाको केर्खा दमक सडक खण्डमा शुक्रबारराति भएको सवारी दुर्घटनामा एक जनाको मृत्यु भएको छ ।
कमल गाउँपालिका-५ सावित्रा चाेकमा भएको दुर्घटनामा घाइते भएका शिवसताक्षी नगरपालिका-२ का ४० वर्षीय नवीन आचार्यको ज्यान गएको हो ।
झापाको बिर्तामोडस्थित बीएण्डसी अस्पतालमा उपचारका क्रममा शनिबार अपरान्ह आचार्यको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।
केर्खाबाट दमकतर्फ आउँदै गरेको प्र.१-०१-०१४ प ८९१४ नम्बरको मोटरसाइकल राजमार्गमा कुकुरसँग ठाेक्किएकाे थियो ।
दुर्घटनामा मोटरसाइकल चालक शिवसताक्षी-२का पदमबहादुर पौडेल घाइते भएका छन् । बायाँ कुममा गम्भीर चोट लागेका पौडेलको निम्स अस्पताल दमकमा उपचार भइरहेको छ ।