झापा-सरकारले सहकारी क्षेत्रमा देखिएको समस्या समाधानका लागि प्राधिकरण गठनको तयारी गरेको छ । सबै तहका सहकारी नियमन एवम् अनुगमन गर्न सरकारले प्राधिकरण गठनको तयारी थालेको हो ।
भूमि व्यवस्था सहकारी तथा गरिबी निवारण मन्त्री बलराम अधिकारीले प्राधिकरण गठनको तयारीसहित सहमतिका लागि अर्थ मन्त्रालयमा पठाइएको बताए ।
आगामी आर्थिक वर्षमा बजेटसमेत व्यवस्था गरिसकिएको जनाउँदै मन्त्री अधिकारीले प्राधिकरणमार्फत सहकारी क्षेत्रको समग्र समस्याको समाधान हुने विश्वास व्यक्त गरे ।