८ भाद्र २०८३, सोमबार | Mon Aug 24 2026

पूर्वमन्त्री अधिकारीलाई दुई दिन हिरासतमा राख्न अनुमति



काठमाडौँ– कोशी प्रदेशका पूर्वमन्त्री लीलाबल्लभ अधिकारीलाई दुई दिन हिरासतमा राखेर अनुसन्धान गर्न काठमाडौँ जिल्ला अदालतले अनुमति दिएको छ ।

विवादित जापान भ्रमणसँगै मानव तस्करीमा मुछिएपछि अधिकारीलाई आइतबार प्रहरीले विराटनगरस्थित निवासबाट पक्राउ गरेको थियो । लगत्तै उनी काठमाडौँ लगिएका हुन् ।

काठमाडौँ प्रहरी परिसरका प्रवक्ता नवराज अधिकारीले अदालतको आदेश बमोजिम पूर्वमन्त्री अधिकारीमाथि अनुसन्धानका लागि दुई दिनको म्याद पाएको बताए ।

विवाद सार्वजनिक भएपछि अधिकारीले मन्त्री पदबाट राजीनामा दिएका थिए । लगत्तै नेकपा एमालेले अधिकारीलाई संगठित सदस्यबाट समेत निलम्बन गरेको थियो ।

प्रकाशित मिति : २५ कार्तिक २०८१, आइतबार ००:००  ७ : २८ बजे