बिर्तामोड-पूर्वको पशुपतिनाथले परिचित झापाको अर्जुनधारा जलेश्वरधामले आयोजना गरेको महापुराणबाट १ करोड ४४ लाख ३८ हजार रुपैयाँ सङ्कलन भएको छ ।
धाम व्यवस्थापन समितिले बुधबार पत्रकार सम्मेलन गरी महापुराणकाे आयव्यय सार्वजनिक गरेको हो । धाममा मङ्सिर ८ देखि १५ गतेसम्म ४२ औँ वार्षिक अनुष्ठान आयोजना गरिएको थियो ।
अनुष्ठानमा ९१ लाख ५६ हजार ७८३ रुपैयाँ खर्च भएको छ । खर्च कटाएर ५२ लाख ८१ हजार ४२१ रुपैयाँ बचत भएको समितिले जनाएको छ ।