बिर्तामोड-नेकपा एमालेका उपमहासचिव प्रदीपकुमार ज्ञवालीले गणतान्त्रिक व्यवस्थाविरुद्ध राजावादी शक्तिहरूले मुख मिठ्याइरहेको बताएका छन् ।
नेकपा एमाले झापाले बिहीबार बिर्तामोडमा आयोजना गरेको अगुवा कार्यकर्ता भेलालाई सम्बोधन गर्दै उपमहासचिव ज्ञवालीले राजावादी शक्तिहरूमा राजतन्त्र फर्किन्छ कि भन्ने भ्रम रहेको बताए ।
कुहिनाले पहाड भत्किँदैन भन्ने परम्परागत मान्यता रहेको स्मरण गर्दै पूर्व परराष्ट्रमन्त्री समेत रहेका ज्ञवालीले कुहिनाकै बलमा राजतन्त्र समाप्त भएको र अब त्यो फर्किन सम्भव नभएको बताए ।