काँकडभिट्टा-पूर्वीनाका काँकडभिट्टाबाट दुई महिनाको अवधिमा ८९० जना तेस्रो देशका नागरिक नेपाल प्रवेश गरेका छन् । सेप्टेम्बरमा २८७ जना र अक्टोबरमा ६०३ जना विदेशी पर्यटक नेपाल भित्रिएको अध्यागमन कार्यालय काँकडभिट्टाले जनाएको छ ।
कोरोना सङ्क्रमणपछि पूर्वीनाका काँकडभिट्टाबाट पर्यटक नेपाल भित्रिने क्रम अवरुद्ध भएको थियो । दुई महिनाअघि मात्रै पर्यटक आवागमन खुलेको अध्यागमन कार्यालय काँकडभिट्टाका प्रमुख तुलसी भट्टराईले बताए ।