११ जेष्ठ २०८२, शनिबार | Sat May 24 2025

पहिचानको मुद्दालाई बलियो बनाउन संयुक्त मोर्चा



झापा-आन्दोलनरत पहिचानवादी शक्तिले संयुक्त पहिचानवादी मोर्चा घोषणा गरेका छन् । आफूहरूले अगाडि सारेको पहिचानको मुद्दालाई थप बलियो बनाउन उनीहरूले मोर्चा बनाएका हुन् ।

मोर्चामा प्राध्यापक डा. महेन्द्र लावतीको सङ्घीय संयोजन पहिचानवादी मोर्चा, केपी पालुङ्गाले नेतृत्व गरेको नेपाल जनमुक्ति पार्टी, उपेन्द्र सिंह थेगिमको प्रदेश एक पुन नामाङ्कन अभियान समिति र ज्ञानबहादुर गुरुङले नेतृत्व गरेको नागरिक उन्मुक्ति पार्टी रहेका छन् ।

सक्षम राजनीतिक शक्ति निर्माणका लागि संयुक्त पहिचानवादी मोर्चाको घोषणा गरिएको युवा नेता एलबी पालुङ्वाले बताए । सुनसरीको धरानमा बसेको बैठकपछि मोर्चाको घोषणा गरिएको हो ।

प्रकाशित मिति : १२ पुस २०८१, शुक्रबार ००:००  ८ : ३२ बजे