झापा-सर्वोच्च अदालतले भाटभटेनी सुपरमार्केटका सञ्चालक मीनबहादुर गुरुङबाट जग्गादान लिएको प्रक्रिया तत्काल यथास्थितिमा राख्न आदेश दिएको छ ।
न्यायाधीश सुनिलकुमार पोखरेलको इजलासले दान लिएको जग्गामा पार्टी कार्यालय भवन निर्माण तत्काल अघि नबढाउन आदेश दिएको हो ।
सर्वोच्चले यो विषयमा छलफल गर्न रिट निवेदक ज्ञान बस्नेत, नेकपा एमाले र व्यवसायी गुरुङलाई बोलाएको छ । सर्वोच्च अदालतका प्रवक्ता अचेत बैंकले आदेशको लिखित रूप प्राप्त हुन बाँकी रहेको बताए ।