बिर्तामोड-कन्काई धार्मिक विकास संस्थाले गौ हत्यामा संलग्न दोषीमाथि कडा कारबाहीको माग गरेको छ । बुधबार विज्ञप्ति जारी गर्दै विकास संस्थाले गाई मार्नेहरु माथि कडा कारबाही हुनुपर्ने माग राखेको हो ।
विकास संस्थाका अध्यक्ष शेरबहादुर थापाले गौहत्याको विरोध गर्दै दोषीलाई कारबाही गर्न र विद्यमान कानुनको पालना गर्न सबैलाई आग्रह गरेका छन् ।
मङ्गलबार मात्रै धार्मिक क्षेत्र कन्काई ३ सुरुङ्गा स्थित टप्पुमा एउटा लैनो गाई काटिएको थियो । घटनामा संलग्न भएको अभियोगमा प्रहरीले दुई महिला सहित चार जनालाई पक्राउ गरिसकेको छ ।