झापा-नेपालको कृषिजन्य उत्पादन अलैँचीको मूल्य निरन्तर उकालो लागेको छ । शनिबार प्रति मन ९७ हजार रूपैयाँमा अलैँचीको कारोबार भएको हो ।
अलैँची व्यवसायी कमल बरालका अनुसार वर्गीकरणका आधारमा ९७ हजार रूपैयाँ सम्ममा अलैँची बिक्री भएको छ । ठूलो दाना भएको अलैँचीले बढी मूल्य पाएको हो ।
चलनचल्तीको अलैँची भने ९१ हजार रुपैयाँमा कारोबार भएको छ । शुक्रबार ९० हजार रुपैयाँमा कारोबार भएको थियो । यसवर्ष बजारमा निस्किन थाले लगत्तै अलैँचीको मूल्य बढेको हो ।
नेपाल अलैँची व्यवसायी संघ ताप्लेजुङका अध्यक्ष भद्रवीर रेग्मीले भदौको पहिलो सातादेखि अलैँचीको मूल्य निरन्तर बढिरहेको बताए ।