१ श्रावण २०८२, बुधबार | Wed Jul 16 2025

सबै दललाई साथमा लिएर संविधान संशोधन हुन्छ : महासचिव पोखरेल



मोरङ-नेकपा एमालेका महासचिव शंकर पोखरेलले आगामी निर्वाचनअघि संविधान संशोधन हुन सक्ने बताएका छन् । विराटनगर विमानस्थलमा पत्रकारसँग कुरा गर्दै उनले संविधानका सबल र दुर्बल पक्षको समीक्षा भइरहेको बताए ।

सत्ता बाहिर रहेका सबै दललाई साथमा लिएर संविधान संशोधन गरिने बताउँदै एमाले महासचिव पोखरेलले स्थानीय तहसम्मका सबै दलसँग सहकार्य गरिने स्पष्ट पारेका छन् ।

महासचिव पोखरेलले सरकारको काम कारबाहीलाई प्रभावकारी ढंगले सम्पादन गर्न दुई दलीय संयन्त्र गठन गरिएको बताएका छन् ।

प्रकाशित मिति : २७ कार्तिक २०८१, मंगलबार ००:००  ३ : ३० बजे