सुनसरी-मोटरसाइकल दुर्घटनामा इटहरी उपमहानगरपालिका २ का २४ वर्षीय निरज बजगाईंको मृत्यु भएको छ । इटहरीबाट धरान जाँदै गरेको प्रदेश १-०२-०५४ प १७२ नम्बरको मोटरसाइकल बुधबार अनियन्त्रित भई दुर्घटना भएको हो ।
मोटरसाइकल दुर्घटनामा घाइते भएका बजगाईको न्युरो अस्पताल विराटनगरमा उपचारका क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सुनसरीले जनाएको छ ।


















