२२ फाल्गुन २०८२, शुक्रबार | Sat Mar 7 2026

प्रधानमन्त्री ओलीद्वारा भारतीय समकक्षी मोदीलाई नेपाल भ्रमणको निम्तो



काठमाडौँ-प्रधानमन्त्री केपी शर्मा ओलीले भारतीय समकक्षी नरेन्द्र मोदीलाई नेपाल भ्रमणको निमन्त्रणा दिएका छन् । भारतीय विदेश मन्त्रालयका सचिव विक्रम मिश्रीमार्फत प्रधानमन्त्री ओलीले समकक्षी मोदीलाई नेपाल भ्रमणको निम्तो दिएका हुन् ।

प्रधानमन्त्री ओली र भारतीय विदेश मन्त्रालयका सचिव मिश्रीबीच आइतबार सिंहदरबारमा शिष्टाचार भेटवार्ता भएको हो । भेटवार्तामा द्विपक्षीय हित र आपसी सम्बन्धका विषयमा गहन छलफल भएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ ।

प्रधानमन्त्री ओली र सचिव मिश्री बीच भएको भेटमा परराष्ट्र मन्त्रालयका सचिव सेवा लम्साल लगायतको सहभागिता रहेको थियो ।

प्रकाशित मिति : २७ श्रावण २०८१, आइतबार ००:००  ९ : ३२ बजे