काठमाडौँ-नेकपा एमालेले आफूलाई बलियो राष्ट्रिय शक्तिका रुपमा उभ्याउन पार्टी सदस्यता विस्तार अभियानलाई तीव्र बनाउँदै आगामी महाधिवेशनसम्म १० लाख सदस्य पुर्याउने महत्त्वकांक्षी योजना बनाएको छ ।
वार्षिक कार्ययोजना बनाएरै एमालेले पार्टी सदस्यता १० लाख पुर्याउने पूर्व तयारी र व्यवस्थापनका काम थालेको हो । एमाले महासचिव शंकर पोखरेलले तयार गरेको वार्षिक कार्ययोजनामा सम्बन्धित तहको पार्टी कमिटीको योजनामा सदस्य विस्तार अभियान सञ्चालन गर्ने उल्लेख छ ।
पार्टीको एघारौँ महाधिवेशनसम्म पार्टी सदस्यता १० लाख पुर्याउने लक्ष्य हासिल गर्न सम्बन्धित तहको पार्टी कमिटीको योजनामा विधानको व्यवस्था अनुरुप परिचालित हुने निर्णय एमालेले गरेको छ । भदौ १८ र १९ मा बसेको पोलिटब्युरो बैठकमा प्रस्तुत निर्णायक राष्ट्रिय शक्ति निर्माणका लागि वार्षिक कार्ययोजना सचिवालयले अन्तिम रूप दिएको हो ।