११ जेष्ठ २०८२, शनिबार | Sat May 24 2025

स्वास्थ्यमन्त्री पौडेल मङ्सिर तेस्रो साता इन्डोनेसिया जाँदै



झापा-स्वास्थ्य तथा जनसङ्ख्या मन्त्री प्रदीप पौडेल इन्डोनेसियाको बाली जाने भएका छन् । मन्त्री पौडेल मङ्सिर तेस्रो साता इन्डोनेसिया जान लागेका हुन् ।

ग्लोबल एलायन्स फर भ्याक्सिन्स एण्ड इम्युनाइजेसनकाे बोर्ड बैठकमा भाग लिन मन्त्री पौडेल त्यसतर्फ जाने कार्यक्रम रहेको जनाइएको छ ।

बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले सरकारलाई थप आर्थिक व्ययभार नपर्ने गरी मन्त्री पौडेललाई इन्डोनेसियाको बालीमा हुने बैठकमा भाग लिन जान स्वीकृति दिने निर्णय गरेको थियो ।

प्रकाशित मिति : ८ मंसिर २०८१, शनिबार ००:००  ९ : १३ बजे