काठमाडौँ– नक्कली भुटानी शरणार्थी प्रकरणमा नेताहरूसँग सेटिङ मिलाएको आरोप लागेका बेचन झा पूर्पक्षका लागि कारागार चलान भएका छन् ।
काठमाडौँ जिल्ला अदालतले झालाई आइतबार पूर्पक्षका लागि थुनामा पठाउन आदेश दिएको हो । नक्कली शरणार्थी प्रकरणमा झन्डै एक वर्षपछि झा समातिएका थिए ।
न्यायाधीश तीर्थराज केसीको इजलासले झालाई थुनामा पठाउने आदेश दिएको हो । शरणार्थी प्रकरणमा झाले आफूलाई निर्दोष बताउँदै आएका छन् ।
इन्कारी बयानका बावजुद प्राप्त सबूतका आधारमा अदालतले झालाई थुनामा पठाउन आदेश दिएको हो । शरणार्थी प्रकरणमा उच्च पदस्थ राजनीतिक व्यक्तित्वको संलग्नता रहेको आरोप लाग्दै आएको छ ।