झापा-प्रदेश सहकारी रजिस्ट्रारको कार्यालय इनरुवाले अफलाइन सफ्टवेयर चलाउन सहकारी संस्थालाई प्रतिबन्ध लगाउने निर्णय गरेको छ ।
अफलाइन सफ्टवेयर चलाएर डाटा लुकाउने सम्भावना बढेपछि रजिस्ट्रारको कार्यालयले त्यसमाथि प्रतिबन्ध लगाउने निर्णय गरेको हो ।
कोशी प्रदेश सहकारी रजिस्ट्रारको कार्यालयका प्रमुख हरिबहादुर खत्रीले सबै सहकारी संस्थालाई अनलाइन सफ्टवेयर प्रणाली राख्न निर्देशन दिइएको बताए ।
प्रदेश सहकारी रजिस्ट्रारको कार्यालयले सबै सफ्टवेर कम्पनीलाई रजिस्ट्रारको कार्यालयमा सूचीकृत हुन समेत निर्देशन दिएको छ ।
रजिस्ट्रार कार्यालयको निर्देशनपछि कोशी प्रदेशमा १७ वटा सफ्टवेयर कम्पनीहरू सूचीकृत भएका छन् ।
















