१२ चैत्र २०८१, बुधबार | Wed Mar 26 2025

विद्युतीय संरचना नछुन प्राधिकरणको सार्वजनिक अपिल



इलाम-नेपाल विद्युत् प्राधिकरण इलाम वितरण केन्द्रले जिल्लाका कुनै पनि स्थानमा विद्युतीय संरचना नछुन सर्वसाधारणलाई सार्वजनिक रुपमा अपिल गरेको छ ।

अविरल वर्षाका कारण बाढी पहिरो गएको जनाउँदै प्राधिकरणको वितरण केन्द्रले विद्युतीय संरचनामा क्षति पुगेकाले ती संरचना नछुन वा नचलाउन अपिल गरेको हो ।

हावाहुरीका कारण इलामका कतिपय ठाउँमा विद्युतीय पोल ढलेका छन् । केही ठाउँमा तार चुँडिएको छ । बाँस तथा रुखमा विद्युतीय संरचना अल्झिएका छन् ।

मानवीय क्षतिका घटना हुन नदिन प्राधिकरण वितरण केन्द्रले कुनै पनि ठाउँमा विद्युतीय संरचनामा असर परेको भए तत्काल खबर गरिदिन पनि अनुरोध गरेको छ ।

प्रकाशित मिति : १२ आश्विन २०८१, शनिबार ००:००  ७ : ४३ बजे