काठमाडौँ-नेपाली कांग्रेसका केन्द्रीय सदस्य अजय बाबु शिवाकोटी पक्राउ परेका छन् । यद्यपि, उनलाई पक्राउ गर्नुको कारण भने खुलेको छैन ।
प्रहरी उच्च स्रोतका अनुसार केही बेरअघि बालुवाटारबाट शिवाकोटीलाई पक्राउ गरिएको हो । उनलाई महानगरीय प्रहरी वृत्त मालिगाउँमा राखिएको छ ।
शिवाकोटीले भने सडकमा हिँड्दा हिँड्दै प्रहरीले आफूलाई पक्राउ गरेको बताएका छन् । उनले मोबाइल खोसेर आफूमाथि दुर्व्यवहार गरिएको र कतिपय तस्बिर हटाउन लगाएको समेत दाबी गरेका छन् ।