१० जेष्ठ २०८२, शुक्रबार | Fri May 23 2025

झापाको धान खेतीमा डर्टी पेनिकल रोगको सङ्क्रमण



झापा-झापाको धानखेतीमा डर्टी पेनिकल नामक रोगको सङ्क्रमण बढेको छ । जिल्लाको २०० बिघा क्षेत्रफलमा लगाइएको धानबालीमा यसले क्षति गरेको हो ।

कृषि ज्ञान केन्द्र झापाका प्रमुख सागर बिष्टले झापाका पाँच स्थानीय तहको २०० बिघा धानखेतीमा क्षति पुगेको बताए । डर्टी पेनिकल रोगले धानको उत्पादनमा ८० प्रतिशतसम्म ह्रास आउँछ ।

झापाको भद्रपुर, गौरादह, अर्जुनधारा, हल्दीबारी र बाह्रदशी लगायतका स्थानीय तहमा डर्टी पेनिकल रोगको संक्रमण देखिएको हो ।

प्रकाशित मिति : १३ कार्तिक २०८१, मंगलबार ००:००  ८ : ५३ बजे