१ असार २०८२, आइतबार | Sun Jun 15 2025

आठ देशमा राजदूत सिफारिस



काठमाडौँ-सरकारले विभिन्न आठ देशमा राजदूत सिफारिस गरेको छ । शुक्रबार अपरान्ह बसेको मन्त्रिपरिषद् बैठकले रिक्त ठाउँमा राजदूत सिफारिस गरेको हाे ।

मन्त्रिपरिषद् बैठकले भारत अमेरिका र बेलायतसहित आठ देशमा राजदूत सिफारिस गरेको छ । भारतको राजदूतमा पूर्व मुख्य सचिव लोकदर्शन रेग्मी सिफारिस भएका छन् ।

पूर्व सचिव चन्द्र घिमिरेलाई अमेरिकाको राजदूतमा सिफारिस गरिएको छ । डाक्टर बिजन पन्त बेलायतको राजदूतमा सिफारिस भएका छन् ।

सरकारले साउदी अरबको राजदूतमा अबु सुफ्यान खानलाई सिफारिस गरेको छ । सुशील प्याकुरेल दक्षिण कोरियाको राजदूत नियुक्त भएका छन् भने नेत्रप्रसाद तिमिल्सेनालाई मलेसियाको राजदूतमा सिफारिस गरिएको छ ।

स्पेनका लागि नेपाली राजदूतमा पुष्पराज रन्जितकार र डेनमार्कका लागि सुमिन्ना तुलाधर सिफारिस भएका छन् । यसअघि सरकारले यी सबै देशका राजदूत फिर्ता बोलाएको थियो ।

राजदूत नियुक्तिका लागि बिहिबार मात्रै सत्तारुढ दलहरूबीच भागबण्डाको सहमति जुटेको थियो ।

प्रकाशित मिति : ७ असार २०८१, शुक्रबार ००:००  ९ : २४ बजे