झापा-नेकपा माओवादी केन्द्रको स्थायी समिति बैठक आइतबार बिहान बस्ने भएको छ । यसअघि शनिबार दिउँसो २ बजेका लागि बोलाइएको बैठक अन्तिम समयमा स्थगित भएको थियो ।
शनिबार स्थगित भएको बैठक आइतबार बिहान ८ बजे बस्ने गरी तय भएको नेकपा माओवादी केन्द्रका उपाध्यक्ष अग्निप्रसाद सापकोटाले बताए । अध्यक्ष प्रचण्ड व्यस्त भएपछि बैठक सरेको हो ।
यसअघि बिहीबार र शुक्रबार माओवादी केन्द्रको स्थायी समिति बैठक बसेको थियो । स्थायी समिति बैठकले केन्द्रीय समिति बैठकको तयारीबारे छलफल गर्नेछ ।