६ जेष्ठ २०८१, आइतबार | Mon May 20 2024

करेन्ट लागेर शिवसताक्षीमा नाबालकको मृत्यु



झिलझिले-झापाको शिवसताक्षी नगरपालिका-७ मा सोमबार दिउँसो करेन्ट लागेर नाबालकको मृत्यु भएको छ । स्थानीय सुनिल राजवंशीको १८ महिने छोराको मृत्यु भएको प्रहरीले जनाएको हो ।

पानी तान्ने मोटर चलिरहेको अवस्थामा बालकलाई करेन्ट लागेको र उपचारका लागि चिकित्सकले मृतक घोषणा गरेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।

प्रकाशित मिति : २५ बैशाख २०८१, मंगलबार ००:००  ६ : ५२ बजे